
काठमाडौँ , साउन २४ । काठमाडौं महानगरपालिकाको नजिक सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । सडक भासिँदा रातिदेखि आवागमन पनि रोकिएको छ। दरबारमार्ग र काठमाडौं प्लाजा जोड्ने सडक भासिएको हो । सडक भासिएपछि उक्त खण्डमा रातिदेखि नै आवागमन प्रभावित भएको छ।
अहिले उक्त सडक खण्ड बन्द गरिएको ट्राफिक प्रहरीले बताएको छ। सडक भासिएपछि महानगरका मेयर बालेन्द्र साहले एक भिडियो शेयर गर्दै काठमाडौँ महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरु गरेको बताएका छन्।
उनले सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्ने र यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउन बताए । मेयर साहले मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्ने बताउँदै खोलामाथि घर र बाटो बनाउन नहुने पनि बताएका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे