
काठमाडौँ , ४ वैशाख । प्रधानमन्त्री तथा नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउँदा द्वन्द्वकालका जघन्य र अमानवीय अपराधलाई माफी दिन नसकिने स्पष्ट पारेका छन् । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको खोजबिन आयोगमार्फत पीडितलाई न्याय दिलाउने कार्यमा ढिलाइ नगर्ने बताए।
उनले मुलुक अधिनायकवादबाट लोकतान्त्रिक प्रणालीमा प्रवेश गरिसकेको भन्दै अब हत्या, हिंसा, धार्मिक उक्साहट वा अराजकता कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट गर्नुभयो। एमालेको एकल सरकारले विकास र समृद्धिमा गरिरहेको प्रगति देखेर केही प्रतिक्रियावादी शक्तिहरू डराएर षड्यन्त्रमा लागेका टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले अहिले संयुक्त सरकारमार्फत एमालेले राष्ट्र निर्माणको जिम्मेवारी वहन गरिरहेको उल्लेख गरे।
उनले मुलुकको सीमाना, राष्ट्रिय स्वाभिमान र सामाजिक सद्भाव जोगाउँदै नयाँ पुस्तालाई एक सशक्त नेपाल हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे। भूतपूर्व सैनिक तथा प्रहरी संगठनलाई पार्टी र राष्ट्रप्रतिको निष्ठा अझ मजबुत बनाउन आग्रह गर्दै, वैशाख ११ गते लोकतन्त्र दिवसमा युवाहरूको भव्य सम्मेलनको आयोजना गर्न पनि आह्वान समेत गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे