
काठमाडौं , २५ कात्तिक। कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् । मानव बेचबिखनको आरोप लागेका अधिकारीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो। अधिकारीलाई विराटनगरबाट प्रहरीले बयानका लागि काठमाडौंस्थित मानव बेचबिखन ब्युरो ल्याउने तयारी गरेको छ।
उनलाई पौने २ बजे यति एयरमार्फत काठमाडौं ल्याइँदैछ। अधिकारीलाई हवाई मार्गबाट काठमाडौं ल्याउन लागिएको हो। अधिकारीलाई एमाले कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको सचिवालय बैठकले अनुमोदन गरेको थियो। अधिकारीको विषयमा गम्भीर प्रश्न उठेको र त्यो प्रश्नको कानुनी निरूपण नभएसम्मका लागि कोशी प्रदेश कमिटीले उनलाई पार्टीका सबै जिम्मेवारी र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने निर्णय गरेको थियो।
उनी गत कार्तिक १३ गते कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै जापान गएका थिए ।उनले आफू जापान जाँदा मुख्यमन्त्रीलाई जानकारी समेत दिएका थिएनन् । मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णयविपरीत जापान पुगेका थिए। उनले केही बेरमा मन्त्रालयमा राजीनामा दिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे