
काठमाडौँ , १८ वैशाख| नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम–२ मा निर्वाचित एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् ।प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्बाङ विजयी भएका छन्। सुहाङलाई अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । साथै, ओलीले इलामेली मतदातालाई पनि धन्यवाद दिएका छन् ।
निकतम प्रतिस्पर्धि नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका हुन्।नेम्वाङले २७ हजार ७ सय ७२ मत पाउँदा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत ल्याए। यस्तै, स्वतन्त्र उम्मेद्वार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरे। रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाए। इलाम २ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ९ सय २ मत बदर भएको थियो ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे