
काठमाडौँ , ११ कात्तिक । प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ ९एनआरएनए०भित्र राजनीति नगर्न आग्रह गरेका छन् । शनिबार काठमाडौंमा नेकपा ९माओवादी केन्द्र० ले खबरदारी सभा गरेको थियो। उक्त सभालाई सम्बोधन गर्दा नेताहरूले हतियार बिसाए पनि विवेक नबिसाएको बताएका थिए। ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित सुरु भएको एनआरएन ग्लोबल कन्क्लेभ २०२४ र वार्षिक साधारण सभामा गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पर्यटनमन्त्री बद्री पाण्डे, उपसभामुख इन्दिरा रानालगायत सरकारका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको छ । प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न असम्भव भन्ने नहुहने बताए। प्रधानमन्त्री ओलीले भने, ‘हिजो एकजना उफ्रिउफ्रि भाषण गर्दै थिए । हिजो मात्रै देख्या थे ।
हतियार बिसाएको मात्रै हो भ्रम नरहोस् । चलाउन बिर्सेको छैन भन्दै थिए । त्यस्तै त्यस्तै त हामी हुनु भएन नि, धम्क्याएका भरमा खाने ।’ प्रधानमन्त्री ओलीले आफूलाई हतियार चलाउन नआएपनि कसरी बिसाउनु लाउनुपर्छ भन्ने तरिका थाहा भएको बताए । प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीको माग सम्बोधन गर्न संविधानमै गैरआवासीय नागरिकता उल्लेख गरेको बताए ।
अहिले गैरआवासीय नेपालीले नागरिकताको काम नभएको गुनासो गरेकाले त्यसलाई पनि सम्बोधन गर्ने उनले बताए । एनआरएनएलाई सरकारले सकेको सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले एनआरएनए विवादमामा सरकारले हस्तक्षेप नगर्ने बरु सहयोग गर्ने बताए । उनले भने , ‘हामी कुनै प्रकारको हस्तक्षेप गर्दैनौ, सकेको सहयोग पुर्याउँछौ’, ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे