
काठमाडौँ, भदौ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन् । शनिवार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन ।
प्रधानमन्त्री ओलीले नेकपा ९माओवादी केन्द्र० र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रह गरे । उनले झापा आन्दोलनताका आफूले लिएका नीतिहरु पनि सही नभएकाले बदलेर आएको भन्दै माओवादीले पनि हिंसा गरेको र हिंसाको बाटो बदलेर शाीन्त प्रक्रियामा आएको बताए । उनले देशबाट युवाहरू बाहिरिरहेको भन्दै देश बनाउनुपर्ने जिम्मेवारी आफूहरूको भएको बताए ।
उनले अरूलाई दोष दिएर नहुने भन्दै भविष्यका लागि राम्रो स्थिति सिर्जना गर्नुपर्ने दायित्व आफूहरूको भएको बताए। उनले देशको सकारात्मक परिवर्तनका लागि काम गरिरहेको साथै कर्मचारीहरूलाई गतिशीलताका साथ गर्न निर्देशन समेत दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे