
काठमाडौँ , १७ असार – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ। ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्।
उनी केहीबेर अघि मात्रै प्रधानमन्त्री दाहालसँग भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।ेउनीहरूबीच आइतबाट पनि भेटवार्ता भएको थियो। यसअघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगेर भेटघाट गरेका थिए ।
भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ । देउवाले सहकार्यका लागि प्रस्ताव गरेको बुझिएको छ । दुई शीर्ष नेताको भेटलाई लिएर माओवादीसहित राष्ट्रिय राजनीति फेरि तरंगित बनेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे