
काठमाडौँ । आगामी निर्वाचन अवधिमा ग्यास अभाव नहोस् भनेर नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात ठूलो मात्रामा बढाएको छ। निगमका अनुसार बढ्दो मागलाई ध्यानमा राख्दै देशभर वितरण प्रणालीलाई बलियो बनाइएको हो।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार भारतीय आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसन मार्फत यस वर्षकै उच्च परिमाणमा ग्यास नेपाल पठाइएको छ। मंगलबार विभिन्न डिपोबाट कुल १३८ बुलेट ग्यास आएको छ, जुन करिब १ लाख ७३ हजार ८०० घरायसी सिलिन्डरसम्म पुग्नेछ।
भारतका भण्डारण केन्द्र—बरौनी, मथुरा, पारादीप, दुर्गापुर र हल्दिया—बाट ग्यास पठाइएको हो। भट्टले निर्वाचन अवधिमा उपभोक्तालाई ग्यास सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे