
काठमाडौँ,असार ७ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पार्टीका सांसदले सदनको र मन्त्रीहरूले देशको ध्यान तानिरहेको बताएका छन्। उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले रास्वपाको दोस्रो वर्षगाँठका अवसरमा फेसबुकमा एक अभिव्यक्ति राख्दै यस्तो टिप्पणी गरेका हुन्।
कयौं कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन। बैचारिक स्पष्टता संगै राजनीतिक परिपक्वता हाँसिल गर्दै हामी यो यात्रा सम्पन्न गर्छौ। विश्वास गर्ने एक दुई जना मात्र हुदा त हिड्ने आँट गरियो भने आज त हामी सँग लाखौं लाख शुभेच्छुकहरु हुनु हुन्छ उनले बताएका छन् ।
उनले आफूहरू अहिले भिरको बाटोमा सिस्नु समाउदै हिडिरहेका बताएका छन् । एउटा पार्टी स्थापित गर्न कयौं कठिनाइहरुलाई चिरेर अघि बढेको र बैचारिक स्पष्टता संगै राजनीतिक परिपक्वता हाँसिल गर्दै अघि बढने उनले आशा व्यक्त गरे । यस्तै लामिछानेले देश तथा विदेशका, टोलटोल, बस्तीबस्तीका आम मान्छेको आवाज बोल्दै ‘घण्टी’मा रूपान्तरण गरेर दुई वर्षमा हल्ला नै नगरी सिंहदरबार पसिसकेको बताएका छन् ।
उनले भने, ‘२१ सांसदले एक वर्षमा सिंगो सदनको ध्यान तान्यौं। चार मन्त्रीले सिंगो देशको ध्यान तान्दैछौं।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे