
काठमाडौँ, फागुन २९ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । नवनिर्वाचित राष्ट्रपति पौडेलले नेपालको चौथो राष्ट्रपतिको कार्यभार सम्हाल्दै छन् । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आजै शितलनिवास छोड्ने भएकि छिन्।उनलाई हिजै औपचारिक बिदाई कार्यक्रम गरिएको थियो।
राष्ट्रपति पौडेलले आज दिउँसो १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ ।राष्ट्रपति पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे