
काठमाडौँ, २५ फागुन। नेपाली काँग्रेसले आजदेखि मिशन रोजगारी अभियान शुरु गर्ने घोषणा गरेको छ। यो अभियानको औपचारिक शुरुवात आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा हुनेछ।
अभियानको मुख्य उद्देश्य रोजगार र बेरोजगारीको समस्या समाधानका लागि जनचेतना फैलाउने हो। यसअन्तर्गत ‘अब रोजगारका कुरा गरौं’ विषयमा गोलमेच छलफलको आयोजना गरिनेछ। कार्यक्रमको शुरुवात नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्माद्वारा गरिनेछ।
चालू अभियानले बेरोजगारीको समस्या समाधान गर्न र समग्र राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। पार्टीले यस अभियानमार्फत जनताको रोजगारीसँग सम्बन्धित मुद्दामा गम्भीर छलफल गर्दै सरकारको ध्यानाकर्षण गराउने लक्ष्य राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे