
काठमाडौँ , २९ माघ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले ९करप्सन पर्सेप्सन इन्डेक्स–सिपिआई २०२४ सार्वजनिक गरेको छ। यस सूचकाङ्क अनुसार, साउथ सुडान ८ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रूपमा चिनिएको छ। यस सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरेर लगातार सात वर्षसम्म सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रूपमा रहेको छ। १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टता जनाउँछ।
२०२४ मा विश्वका दुई तिहाइ मुलुकहरूले ५० भन्दा कम अङ्क प्राप्त गरेका छन्। १८० मुलुकहरूको औसत अङ्क ४३ रहेको छ। कमजोर र द्वन्द्व प्रभावित मुलुकहरूमा कम अङ्क देखिन्छ। जलवायु परिवर्तनसँग सम्बन्धित सक्रिय मुलुकहरूले पनि कम अङ्क प्राप्त गरेका छन्।
नेपालले १०० अङ्कमा ३४ अङ्क प्राप्त गरेको छ, जुन गत वर्ष ३५ थियो। दक्षिण एशियाली मुलुकहरूको स्थिति यस्तो छ: भुटान (७२), भारत (३८), मालदिभ्स (३८), श्रीलङ्का (३२), पाकिस्तान (२७), बङ्गलादेश (२३), अफगानिस्तान (१७), र चीन (४३)। ट्रान्सपरेन्सी इन्टरनेसनलले १३ विभिन्न सर्वेक्षण संस्थाबाट तथ्याङ्क संकलन गरेर यस सूचकाङ्क तयार गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे