
काठमाडौँ, ९ माघ । नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान विद्यालयहरूमा सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य सेवा विभागका अनुसार, कक्षा ६ देखि १० सम्मका छात्रा र १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७ सय ६८ किशोरीहरूलाई एचपिभी खोप दिइनेछ। यस अभियानमा सरकारी र निजी विद्यालयका सबै छात्रा समावेश हुनेछन्।
नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले १८ हजार ८ सय विद्यालयमा खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन गर्ने योजना बनाएको छ। अभियानको उद्देश्य पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरूलाई सुरक्षित राख्नु हो।
डॉ। सरिता घिमिरेका अनुसार, यो खोप अभियान ०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म चल्नेछ। खोप केन्द्रहरू विद्यालयमा नै स्थापना गरिनेछ, जसले गर्दा विद्यालयका छात्राहरूलाई सहज रूपमा खोप लगाउन सकिन्छ। यस अभियानले किशोरीहरूको स्वास्थ्यलाई संरक्षण गर्दै, क्यान्सरजस्ता खतरनाक रोगबाट बचाउने महत्वपूर्ण कदम चालिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे