
काठमाडौँ , ४ कात्तिक । नेपालले अमेरिका विरूद्धको तीन खेलको टी(२० सिरिज अन्तिम खेलअघि नै जितेको छ। डल्लासमा भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपालले निर्धारित ओभरतमा ६ विकेटको क्षतिमा १७० रन बनायो। सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो । नेपालका कुशल भूर्तेलले सानदार ब्याटिङ गर्दै अविजित ९२ रन बनाए । त्यस्तै, करण केसी ६ रनमा अविजित रहे ।
यस्तैगरी, अनिल साहले २५, गुल्शन झाले १९, कप्तान रोहित कुमार पौडेलले १८, दीपेन्द्र सिंहले २ र आसिफ शेखले १ रनको योगदान दिए । अमेरिकाका लागि भने नोशथुश केन्जिन्गे र जसदीप सिंहले २ तथा सौरभ नेत्रभाल्करले १–१ विकेट लिए । अमेरिकाका लागि जसदिप सिंह र नोसथस केनिज्गले समान २÷२ विकेट लिए भने सौरभ नेत्रवालकरले १ विकेट हात पारे।
यता, आन्द्रेस गौसले सर्वाधिक ६२ रन जोडे भने साइतेजा मुक्कमलाले ४७ रन बनाए। त्यस्तै मिलिन्द कुमारले १५ र सायन जहागिरले १४ रन जोडे।
बलिङमा नेपालका करण केसीले ३ विकेट र सोमपाल कामीले २ विकेट लिए। त्यसअघि नेपालले कुशल भुर्तेलको अर्धशतकमा नेपालले छ विकेटको क्षतिमा १७० रन जोड्यो। सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले समान १/१ विकेट हात पारे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे