• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष २४, बिहिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि ‘भिसा बन्ड’ व्यवस्था लागू

१३ घण्टा अघि
२

नेपाल एसबिआई बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

१३ घण्टा अघि
३

एनएमबि बैंकका केही शाखा समायोजन, चैत २५ देखि सेवा नयाँ शाखाबाट

१४ घण्टा अघि
४

राष्ट्रियसभा सदस्य निर्वाचन: आज उम्मेदवारी दर्ता, माघ ११ मा मतदान

१८ घण्टा अघि
५

भ्रामक विज्ञापन र कालोबजारीविरुद्ध कडाइ,अनुचित व्यापारिक गतिविधिको श्रेणीमा

१९ घण्टा अघि
६

कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय सहयोग

२0 घण्टा अघि
७

नेपाल टेलिकमको नयाँ डिजिटल केवाईसी सुविधा सुरु

१ दिन अघि
८

भेनेजुएला मुद्दामा संयुक्त राष्ट्रसंघमा तीव्र टकराव,अन्तर्राष्ट्रिय कानुनको प्रश्नमा अमेरिका एक्लिँदै

१ दिन अघि
९

नेपाल–कतार संयुक्त वाणिज्य परिषद् शीघ्र सञ्चालन गर्ने तयारी, निजी क्षेत्र मार्फत दुई देशको आर्थिक सम्बन्ध जोड

१ दिन अघि
१०

रक्षा बमको कांग्रेसलाई सन्देश:एमाले जस्तो पुरानै बाटो नअपनाउनु

१ दिन अघि
११

अण्डाको मूल्य घट्यो

१ दिन अघि
१२

युवा रोजगार, उद्यमशीलता र खेलकुद प्रवर्द्धनमा मन्त्रालय र नेपाल अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था संघ (एआईएन) बैठक

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ हफ्ता अघि
८

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

४ महिना अघि
प्रकाशित मिति: २०७९ कार्तिक ३०, बुधबार (३ साल अघि)

नेपाल बैंक : असफलताको नमिठो पाठदेखि सफलताको कथासम्म

  • 1,531 Views
  • काठमाडौं, कात्तिक ३० । नेपालको पहिलो बैंक कुन होला ? आम मानिसलाई सोध्दा सहजै उत्तर दिन्छन्– नेपाल बैंक । मुलुकको नामबाटै राखिएको यो बैंकको आफ्नै गौरवपूर्ण इतिहास छ ।नियामक निकायका रुपमा रहेको नेपाल राष्ट्र बैंकभन्दा पनि जेठो यस बैंकले अनेकन घुम्ती, मोड र सुखदुःख व्यहोरेको छ । बैंकिङ प्रणालीको सामान्य सिद्धान्तविपरीत दिइएका कर्जाका कारण कुनै समय समस्यामा परेको सो बैंक पछिल्ला दिनमा भने अन्य निजी क्षेत्रका संस्था जस्तै सबल र सक्षम बन्दै गएको छ ।

    सो बैंकका वित्तीय विवरणले पनि अब सबल संस्थाका रुपमा नेपाल बैंक आफ्नो गन्तव्यमा स्पष्ट छ भन्ने सन्देश दिएको छ । विसं १९९४ देखि २०१३ सम्म देशको केन्द्रीय बैंकको भूमिकासमेत निर्वाह गरेको गौरवपूर्ण इतिहास यसले बोकेको छ ।नेपाली बजारमा भारतीय रुपियाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका इतिहासका पानामा स्वर्णिम अक्षरले लेखिएका छन् ।

    विसं १९९४ कात्तिक ३० गते सोमबार लक्ष्मीपूजाका दिन स्थापना भएको सो बैंक आज (बुधबार)देखि ८६ वर्षमा प्रवेश गरेको छ । नेपालको समग्र आर्थिक एवम् वित्तीय क्षेत्रको एउटा ऐनाका रुपमा रहेको बैंकले विगतमा अनेकन आरोह अवरोह भोगेको छ ।बैंकको उद्घाटन तत्कालीन राजा त्रिभुवनले गर्नुभएको थियो । विश्वव्यापी रुपमा बैंकिङको अभ्यास धेरै पहिले भए पनि नेपालमा भने २०औँ शताब्दी कुर्नुपरे पनि नेपालको नामसँगै जोडिएको यो बैंक सार्वजनिक निजी साझेदारीमा ढाँचामा सुरु भएको पहिलो वित्तीय संस्था हो ।

    स्थापना गर्दा बैंकमा १० जना लगानीकर्ता थिए । सुरुवाती वर्षमा रु. आठ लाख ४२ हजार चुक्तापुँजी र रु. १७ लाख निक्षेपबाट सुरु भएको बैंकले गत असोज मसान्तसम्म रु. एक खर्ब ९७ अर्ब बराबर निक्षेप सङ्कलन गरेको छ । त्यस्तै, रु. एक खर्ब ७३ अर्ब ५४ करोड बराबरको कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिनुभयो ।

    छयासी वर्ष पहिले सुुरु भएको सो बैंकको चुक्ता पुँजी हाल रु. १४ अर्ब ४० करोड बराबर छ । हरेक वर्ष मुनाफा कमाउँदै आएको सो बैंकको जगेडा कोषमा रु. २१ अर्ब ६८ करोड बराबरको रकम छ । कुनै समय खराब कर्जाका कारण समस्यामा फसेको सो बैंकले क्रमशः त्यसलाई व्यवस्थापन गरेर हाल वित्तीय परिसूचकका आधारमा नेपालको बैंकिङ क्षेत्रको एउटा सशक्त बैंकका रुपमा उभिएको छ ।प्रमुख कार्यकारी अधिकृत अधिकारी भन्नुहुन्छ, “हामी अस्तिभन्दा हिजो उन्नत, हिजोभन्दा आज उन्नत र आजभन्दा भोलि उन्नत, गुणस्तरीय, भरपर्दो र अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउन सदैव प्रयत्नशील छौँ ।”

    बालक, वृद्ध, प्रौढ हुँदै ज्येष्ठ नागरिकको रोजाइमा रहेको भन्ने दाबी गर्ने बैंकमा हाल २३ लाखभन्दा बढी ग्राहक जोडिएका छन् । एकाध वर्ष पहिलेसम्म पनि निजी क्षेत्रका अन्य बैंकले अत्याधुनिक प्रविधिको सुरु गर्दासमेत सो बैंक परम्परागत  रुपमा नै ढड्डामा नै आधारित थियो । समय बदलियो, बैंकको नेतृत्व बदलियो, सोच र योजनामा पनि परिवर्तन आयो । फलस्वरुप नेपाल बैंकले पनि आधुनिक बैंकिङ प्रणाली अवलम्बन गर्‍यो । बैंकिङ क्षेत्रमा उपलब्ध सबै प्रकारका सेवा उपलब्ध गराइरहेको सो बैंकले डिजिटल बैंकिङ सेवा पनि प्रदान गरेको छ । कुल दुई सय २६ शाखामार्फत कारोबार गर्दै आएको सो बैंकले एक सय १९ एटिएम, ५० वटा एक्सटेन्सन काउन्टर सञ्चालन गरिरहेको छ ।

    आधुनिक प्रविधिसँगै बैंकमा युवा पुस्ताको प्रवेशले बैंकलाई गतिशील व्यावहारिक र प्रविधिमा पनि उत्तिकै निपुण बनाएको बैंकका सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवालीको भनाइ छ । बैंकमा कार्यरत जनशक्तिको औसत उमेर ३६ वर्ष छ भने राज्य अँगालेको समावेशितालाई पनि उत्तिकै आत्मसात् गरेको छ ।

    कृषि, पर्यटन, जलविद्युत् जस्ता क्षेत्रमा सरकारको नीति अनुसार प्राथकिताप्राप्त क्षेत्रमा बैंकले उल्लेख्य लगानी गरेको छ । युवा स्वरोजगार, विदेशबाट फर्किएका सीपयुक्त जनशक्तिलाई आत्मनिर्भर बनाउनका लागि बैंकले अन्य संस्थाको तुलनामा महत्त्वपूर्ण योगदान दिएको छ । अनौपचारिक क्षेत्रबाट मात्र भइरहेको आर्थिक कारोबारलाई बैंकिङ प्रणालीमार्फत व्यवस्थित गरी नेपालमा बैंकिङ संस्कृतिको सुरुवात गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले दिगो आर्थिक आर्थिक विकास र समृद्धिका लागि सरकारले लिएको लक्ष्य र योजनालाई आत्मसात् गरेर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि ‘भिसा बन्ड’ व्यवस्था लागू
    १३ घण्टा अघि

  • २

    नेपाल एसबिआई बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न
    १३ घण्टा अघि

  • ३

    एनएमबि बैंकका केही शाखा समायोजन, चैत २५ देखि सेवा नयाँ शाखाबाट
    १४ घण्टा अघि

  • ४

    राष्ट्रियसभा सदस्य निर्वाचन: आज उम्मेदवारी दर्ता, माघ ११ मा मतदान
    १८ घण्टा अघि

  • ५

    भ्रामक विज्ञापन र कालोबजारीविरुद्ध कडाइ,अनुचित व्यापारिक गतिविधिको श्रेणीमा
    १९ घण्टा अघि

  • ६

    कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय सहयोग
    २0 घण्टा अघि

  • ७

    नेपाल टेलिकमको नयाँ डिजिटल केवाईसी सुविधा सुरु
    १ दिन अघि

  • ८

    भेनेजुएला मुद्दामा संयुक्त राष्ट्रसंघमा तीव्र टकराव,अन्तर्राष्ट्रिय कानुनको प्रश्नमा अमेरिका एक्लिँदै
    १ दिन अघि

  • ९

    नेपाल–कतार संयुक्त वाणिज्य परिषद् शीघ्र सञ्चालन गर्ने तयारी, निजी क्षेत्र मार्फत दुई देशको आर्थिक सम्बन्ध जोड
    १ दिन अघि

  • १०

    रक्षा बमको कांग्रेसलाई सन्देश:एमाले जस्तो पुरानै बाटो नअपनाउनु
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    विदेशी सम्बन्धनका कलेजलाई शिक्षा मन्त्रालयको कडा निर्देशन,. निर्देशिका उल्लङ्घन गरे कार्यक्रम अनुमति रद्द हुने शिक्षा मन्त्रालयको चेतावनी

    #EducationConsultantsNepal
    २

    आज १३औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस देशभर मनाइँदै

    नेपाल नक्सा
    ३

    ओलीलाई पत्र काट्दैछौं, नआए भोलिको कुरा भोलि नै हुन्छ : जाँचबुझ आयोग

    नेपाल नक्सा
    ४

    अमेरिकी दूतावासद्वारा आयोजीत क्रिएटर्स मेला: स्थानीय दृष्टिकोणदेखि राष्ट्रिय स्तरसम्म

    #ChitwanCreators
    ५

    मधेश प्रदेश प्रमुखको उपस्थितिमा कामना सेवा विकास बैंकद्वारा सामाजिक सहयोग कार्यक्रम

    नेपाल नक्सा
    ६

    भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान धावनमार्गबाट चिप्लियो, सबै यात्रु सकुशल

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution