
काठमाडौँ, चैत ३० । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशसभाका सांसद घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरेकी छिन् ।
उनले सांसद घनश्याम चौधरीलाई निलम्बन गरेको पत्र सभामुख भीमबहादुर भण्डारीलाई दिएकी हुन् । पार्टीले पटक पटक बैठकमा बोलाए पनि बैठकमा उपस्थित नभएको र पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले उनलाई निलम्बन गरेको पत्रमा उल्लेख गरिएको छ।
यसअघि अध्यक्ष श्रेष्ठले सांसद इन्दिरा गिरीलाई निलम्बन गरिसकेकी छिन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे