
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न ठाउँमा देखिएका गतिविधिप्रति गम्भीर चासो व्यक्त गरेको छ। आयोगका अनुसार केही जिल्लामा दलका कार्यकर्ताबीच झगडा, समूहबीच विवाद र निषेधाज्ञासम्मको अवस्था सिर्जना हुँदा शान्ति सुरक्षा र निर्वाचनमा असर पर्न सक्ने देखिएको छ। आयोगले चुनावअघि देशभर अनुगमन तीव्र बनाएको जनाएको छ।
साथै, चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्न सबै दल र उम्मेदवारलाई आग्रह गरेको छ। पछिल्ला दिनमा बालबालिकालाई प्रचारप्रसारमा प्रयोग गरिएको र सामाजिक सञ्जालमा समेत सहभागी गराइएको आयोगको अनुगमनबाट देखिएको छ। राजनीतिक दल, उम्मेदवार र कार्यकर्ताले एक–अर्काप्रति अपमानजनक र घृणायुक्त अभिव्यक्ति नदिन आयोगले अनुरोध गरेको छ। निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मानव अधिकारमैत्री बनाउन सबैले संयमता अपनाउन आयोगले अपिल गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे