
हेटौंडा । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा मुकुन्द न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । संगठनको हेटौंडामा सम्पन्न १४ औं जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्माण गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा रुपचन्द्र गोपाली र चन्द्रादेवी लामा चयन हुँदा सचिवमा गोपीरमण प्याकुरेल निर्वाचित भएका छन् । संगठनको कोषाध्यक्षमा भावना सापकोटा निर्विरोध भएका छन् ।
अधिवेशनले सह–सचिवमा सविता लामिछाने र सह–कोषाध्यक्षमा दिपेश लामा चयन भएका छन् । सदस्यहरुमा सविता तिमल्सिना, भरत पोखरेल,सरोज फुयाँल, इश्वर आले, रत्नबहादुर स्याङ्तान,गिता पौडेल, लालुमाया रुम्बा,सावित्री अधिकारी, अमृता भट्ट, अनिलकुमार यादव, रामशरण दाहाल, गिताकुमारी न्यौपाने, हरिहर खनाल लगायत चयन भएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे