
काठमाडौँ, जेठ ३० । नेकपा ९एमाले०का सांसद भीम आचार्यले नेपाल क्रिकेट संघ ९क्यान०को नेतृत्वले आर्थिक अनियमित गरेको भन्दै यस विष्यमा छानबिन गर्न आयोग बनाउन माग गरेका छन्। नेपाल क्रिकेट संघको नेतृत्व आर्थिक अपचलनमा संलग्न रहेको आरोप लगाएका छन् ।
उनले टी(२० विश्वकप क्रिकेट खेलका सन्दर्भमा नेपालीका लागि प्राप्त टिकट र भीआईपी टिकटमै अनियमितता भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले आइसिसी टी ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको समाचारहरु आएका भन्दै छानबिन गरी दोषिलाई कारबाही गर्न आयोग गठन गर्न माग गरेका हुन्। उनले भने , आइसिसी टी-२० प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता र क्यानमाथि लागेको आरोप नेपालको शीर निहुराउने खालका भएकाले छानबिन आयोग बनाएर सरकारले यथाशिघ्र छानबिन गरोस् र दोषीमाथि कारबाही गरोस् ।
टोलीको सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेका कारणले उनले भिसा नपाएका उनले बताए । क्यानको नेतृत्वको यस्तो हरकर्तले नेपालीलाई जिताउन नभएर हराउन भूमिका खेलिरहेको उनले बताए । खेलाडीको साख बेचेर खेलाडीलाई होटलमा उभ्याएर अमेरिकामा चन्दा उठाएर दुरुपयोग गरिएको, अवैध रुपमा जर्सीहरू अमेरिका लगेर महँगोमा नेपालीहरूलाई बिक्री गरेको र त्यो रकम पनि हिनामिना गरेको भन्ने गुनासो समेत सुनिएको उनले बताए ।
आइसिसी टी ट्वान्टी प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता र लागेको आरोपले नेपालको शीर निहुँराउनेकाम भएकाले निष्पक्ष छानविन आयोग गठन गर्न उनले सरकारसँग माग गरेका छन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे