
धनुषा ,१ चैत । धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम लोक मार्गमा शुक्रबार बिहान बस दुर्घटना भएको छ। जनकपुरबाट राजविराजतर्फ गइरहेको १४४१ नम्बरको बस बिहान ९ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा ३० भन्दा बढी यात्रु घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय ढल्केबरका निरीक्षक जटाशङ्कर यादवका अनुसार, घाइते यात्रुहरूको उद्धार गरी विभिन्न स्वास्थ्य केन्द्रमा पठाइएको छ। तीमध्ये ६ जनालाई गम्भीर चोटपटक लागेको छ भने अन्यलाई सामान्य चोटपटक लागेको छ। घाइतेहरूको उपचार ढल्केबरस्थित निजी स्वास्थ्य केन्द्र र जनकपुरको प्रादेशिक अस्पतालमा भइरहेको छ। प्रारम्भिक जानकारीअनुसार, बसको ब्रेक जाम भएपछि दुर्घटना भएको देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे