
काठमाडौँ , १९ चैत – आर्थिक वर्ष २०८१र०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएको छ । अर्थ मन्त्रालयले बजेट मस्यौदा लेखनको काम सुरु भएको हुँदा अत्यावश्यकबाहेक भेटघाटका लागि मन्त्रालय नआउन आग्रह गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा गठित सहसचिव धनिराम शर्मा नेतृत्वको बजेट मस्यौदा लेखन समितिले शनिबारबाटै बजेट मस्यौदा लेखन सुरु गरेको हो ।
समितिमा सहसचिचवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहेका छन् । बजेट निर्माणका लागि मन्त्री र कर्मचारीहरु व्यस्त हुने भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि मन्त्रालय नआइदिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे