
काठमाडौँ, वैशाख १७ । सोमबार नेपालमा सार्वजनिक–निजी साझेदारी ( पीपीपी) प्रवद्र्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ ९वाप० र ‘नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स’ ९नाप० बीच द्विपक्षिय सहकार्यसम्बन्धी समझदारी भएको छ ।
काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलन सोमबार समापन हुँदैछ ।उक्त समझदारीपत्रमा वापकातर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापकातर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरे । उक्त समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी ९पीपीपी० सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारीमा उल्लेख छ ।
नेपालमा भौतिक पूर्वाधार तथा पीपीपी पाइपलाइन सुदृढीकरण, पीपीपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रि असल अभ्यास प्रवद्र्धनका लागि सहकार्य, संयुक्त रूपमा सभासम्मेलन, गोष्ठीका आयोजना गर्न तथा संयक्त प्रकाशनहरू तयार गर्न दुवै संस्था सहमत भएका हुन् ।
तेस्रो लगानी सम्मेलनमा नेपाली व्यवसायिक समूह साखस् र चिनियाँ कम्पनीबीच होटेल निर्माणको लागि सम्झौता भएको छ। कपिलवस्तुको गोरूसिंगेमा रहेको साखस् समूहको २२ बिगाहा जग्गामा बोर ग्रुप अफ होटेल चाइनाले साखः समूहसँग संयुक्त लगानीमा होटेल बनाउने भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे