
काठमाडौँ , ११ वैशाख | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबिच रहिआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो । प्रधानमन्त्री दाहालले नेपालमा लगानी गर्न आग्रह समेत गरे ।
उनले भने , “व्यवसायी र विदेशी लगानीकर्तालाई केन्द्रित गरेर हामीले लगानी सम्मेलनको तयारी गरेका छौँ , नेपालमा विदेशी लगानीलाई सहज बनाउनका लागि केही कानुनसमेत परिमार्जन गरेका छौँ, नेपालमा लगानीका लागि इच्छुक सबैलाई सहयोग गर्ने सरकारको नीति छ ।”
प्रधानमन्त्री दाहालले सडक, कृषि, जलविद्युत् र सूचना प्रविधिका क्षेत्रमा लगानीका गर्न आग्रह गरे साथै नेपाल–रुसबिचको सम्बन्ध थप मजबुत हुनेमा विश्वास व्यक्त समेत गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे