
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङले रित्तो ग्रागी बोकर पानी माग्न सिहंदरबार आएर मिडिया स्टनबाजी गरेको आरोप लगाएका छन् ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले स्टाबाजी गर्ने भन्दापनि काम गरेर देखाउने भन्दै एक वर्षभित्र धरानमा खानेपानीको समस्या समाधान गरेर देखाउने बताए ।
उनले भने,‘धरान जस्तो धेरै गाउँपालिका र नगरपालिका छन् । समस्या धेरैतिर छ । तर यसरी रित्तो गाग्री बोकेर वा एउटा गाग्रीमा पानी भरेर समस्या समाधान हुँदैन् । मिडिया स्टनबाजी गर्ने छुट्टै हो, काम गर्ने छुट्टै हो । हामी काम गरेर देखाउँछौं । अबको एक वर्षभित्रमा काम गरेर देखाइदिन्छु । ’
त्यस्तै उनले धरानमा पानीको व्यवस्था गर्नको लागि करिब छ अर्बको बजेट छुट्याइएको बताए । ठूलो बजेट भएकाले एडीबीको ऋण सहयोगबाट धरानको खानेपानीको समस्या समाधान गर्न लागेको उनले जानकारी दिए ।
‘अहिलेका मेयरले पनि एकदमै मेहेनत गर्नुभयो । अलि अलि पानी त ल्याउनुभयो । त्यतिले पुग्दैन् । तीन वटा वडामा पनि पुग्दैन् । पूरै धरानमा कसरी पुग्छ र त्यसैले केन्द्रलाई गुहार्न आइपुग्नुभयो । संघले आफ्ना नागरिकलाई पानी दिन आतुर छ । प्रधानमन्त्री र म बीच धरानको खानेपानी समस्याबारे छलफल भएको छ । करिब छ अर्बको बजेट छ हामीसँग । त्यहाँको समस्या भनेको जग्गा अतिक्रमण गर्नुपर्ने छ,’उनले भने,‘प्रधानमन्त्रीको निर्देशन अनुसार धरानमा पानीको व्यवस्था गर्छौं ।
एडीबीको ऋण सहयोग त्यहाँ खर्च गर्ने सल्लाह भएको छ । किनकी ठूलो बजेटको कुरा छ । छलफल गरिसकेको छौं । त्यो ऋण सहयोगबाट धरानको खानेपानीको समस्या समाधान गर्छौं ।’
त्यस्तै उनले पहिला पनि निर्वतमान मेयरले बहादुरी देखाउन खोज्दा जनताले पाइराखेको खानेपानी पनि गुमाउन पुगेको स्मरण गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे