
काठमाडौं, २५ फागुन। नेकपा (एमाले) का नेता महेश बस्नेतले राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा गर्ने स्वागतप्रति आलोचना गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखे कि विलासिता र मोजमस्तीको जीवन बिताएर फर्केको व्यक्तिलाई भव्य स्वागत गर्ने प्रचलन नेपाली समाजमा छैन।
उनले भनें, “नेपालमा मोजमस्ती र विलासिताबाट फर्केकोलाई गौदान र सुनपानी छर्केर चुलो चौकोमा प्रवेश दिन्छन्।” उनले पूर्वराजालाई सम्मान दिनको सट्टा, बिरेन्द्रको वंशनाशको पाप पखाल्न र भड्किएको प्रेत आत्मा शान्त पार्न कोटिहोम गर्न सुझाव दिएका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे