
काठमाडौँ, साउन २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा राखेर काम अघि बढाएको बताएका छन् ।
बुधवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको निधन भएसँगै मन्त्रीले प्रेस नोट जारी गर्दै यस्तो बताएका हुन् । मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको जनाएको छ ।
उनले त्यस निम्ति आवश्यक कदम चाल्न मन्त्रालय र माताहतका निकायलाई परिचालन गर्ने बताए । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ७ सूर्यचौरमा बुधवार दिउँसो दुर्घटना भएको एयर डाइनेष्टिको ९एन एजेडी कलसाइनको हेलिकप्टर दुर्घटनाको उद्धारमा अस्वाभाविक ढिलाइ भएको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।
बुधवार नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुँदा एक नेपालीसहित पाँचजनाको मृत्यु भएपछि मन्त्री पाण्डेले एकसाताका लागि पूर्व निर्धारित सबै औपचारिक कार्यक्रमहरूलाई स्थगित गरेका छन् । पर्यटनमन्त्री पाण्डेले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त समेत गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे