
काठमाडौँ, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले भ्रष्टाचारको मुद्दामा हदम्याद अस्वीकार्य भएको बताएको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले भ्रष्टाचारसम्बन्धी कानुनबारे पार्टीको धारणा बनाएको हो ।
पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारसम्बन्धी कानुन बनिरहेको र त्यसमा हदम्याद राख्ने कुरा रास्वपालाई स्वीकार्य नहुने बताए । भ्रष्टाचारको आशंका हुँदा कुनै पनि बेला छानबिन गरेर मुद्दा चल्न अवस्था हुनुपर्ने उसले बताएको छ ।
उनले भने , ‘निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा राजनीतिक दलहरूले गम्भीर त्रुटि गर्दैछन्, त्यो रास्वपाले स्वीकार गर्दैन । त्यसलाई पनि बेजोडका साथ सदनमा उठाउने ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे