
काठमाडौं ।काठमाडौं महानगरपालिका वडा नं. ८ मा महिला सञ्जालको आयोजनामा “कानुनी साक्षरता कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ। वडा कार्यालयको सभा कक्षमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय विवादहरू, तिनका समाधानका लागि लागू भएका कानुनी व्यवस्थाहरू र कानुनी प्रक्रियाबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी सबै वडावासीहरू, विज्ञ वक्ताहरू र आयोजक टिमको योगदानको कदर गरिएको छ। आयोजकले यस्तो कार्यक्रमहरूले समाजमा कानुनी चेतना र न्यायको महत्त्वलाई बुझ्नमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। आगामी दिनहरूमा पनि यस्ता ज्ञानवर्धक र प्रभावकारी कार्यक्रमहरूको आयोजना गर्ने योजना रहेको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे