
काठमाडौं। काठमाडौं उपत्यका आज वायु प्रदूषणको मापनमा विश्वमा दोस्रो स्थानमा रहेको छ। हिजो प्रदूषणको दृष्टिले पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा ओर्लिएको हो। प्रदूषणको अवस्था अहिले भारतको राजधानी नयाँ दिल्लीमा सबैभन्दा उच्च रहेको छ।
‘एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौं उपत्यकाको वायु प्रदूषणलाई विश्वको दोस्रो स्थानमा देखाएको हो।
इन्डेक्सका अनुसार आज बिहान ७ः२५ बजे गरिएको मापनमा काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क (AQI) २४९ रहेको छ। प्रदूषणको पहिलो स्थानमा रहेको दिल्लीको वायु प्रदूषण सूचकाङ्क (AQI) भने ३५३ छ।
वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा पाकिस्थानको लाहोर रहेको छ, जहाँको वायु गुणस्तर सूचकाङ्क १७८ छ।
लामो समयदेखि पानी नपर्नाले काठमाडौंको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलहरूमा लागेको डढेलोको धुँवाले वायु प्रदूषणको स्तरलाई अझै बढाएको विशेषज्ञहरूको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे