
काठमडौँ , २५ फागुन । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ। आइतबार राप्रपाले आयोजना गरेको पूर्वराजाको स्वागत कार्यक्रममा सडकपेटीमा रहेका रेलिङ र आइल्यान्डमा रहेका बिरुवामा क्षति पुगेको भन्दै महानगरपालिकाले यो जरिवाना लगाया हो।
महानगरले राप्रपाको नाममा जारी गरेको पत्रमा भनिएको छ कि कार्यक्रममा सहभागी व्यक्तिहरुले बिमानस्थल, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी र आइल्यान्डमा रहेका बिरुवाहरू र रेलिङमा भौतिक क्षति पुर्याएका थिए। साथै, जथाभावी फोहोर पनि फ्यालिएको र यसबाट वातावरण प्रदूषण भएको उल्लेख गरिएको छ।
उक्त पत्रको एक प्रतिलिपि निर्वाचन आयोग नेपाल र काठमाडौं महानगरको प्रशासन विभागलाई पनि पठाइएको छ। काठमाडौँ महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु १००,०००र०० जरिवाना काटेको महानगरले उल्लेख गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे