
काठमाडौं। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्याँसको वितरण अवस्था अद्यावधिक गरिएको छ। नेपाल आयल निगम का अनुसार २०८२ चैत्र ४ गते बुधबार अपरान्ह ४:३० बजेसम्म १५ वटा ग्याँस उद्योगमार्फत ७.१ केजी तौलका कुल ४३ हजार ४०५ सिलिण्डर ग्याँस वितरण भइरहेको छ।
निगमका अनुसार विभिन्न उद्योगबाट छुट्टाछुट्टै परिमाणमा ग्याँस बजारमा पठाइएको छ। सबैभन्दा धेरै नेपाल ग्याँस उद्योगबाट १० हजार ३०० सिलिण्डर वितरण गरिएको छ भने श्रीग्याँसले ४ हजार ७१४ र श्रीराम ग्याँसले ३ हजार ३२० सिलिण्डर आपूर्ति गरेको छ। त्यसैगरी सगरमाथा ग्याँसबाट ३ हजार २७०, साल्ट ट्रेडिङबाट ३ हजार २२७ र एचपी ग्याँसबाट २ हजार ८५५ सिलिण्डर वितरण गरिएको छ।
यसैगरी सुगम, सूर्य, गौरी, उग्र, ओम, श्रीमाया, साइबाबा, गीता र ग्याँस वन उद्योगबाट पनि आवश्यक परिमाणमा ग्याँस बजारमा पठाइएको निगमले जनाएको छ।
निगमले उपत्यकामा ग्याँसको आपूर्ति नियमित राख्न विभिन्न उद्योगसँग समन्वय गर्दै वितरण प्रक्रिया निरन्तर अघि बढाइरहेको जनाएको छ। हालको वितरणले बजारमा ग्याँस अभाव हुन नदिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे