
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो कर्मचारीहरूमाझ खेलकुद क्षमता, आपसी सद्भाव तथा बौद्धिक क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको KSBBL ओलम्पिक्स २०८१ सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकका सात प्रदेशीय कार्यालय तथा केन्द्रीय कार्यालयका कर्मचारीहरू सहभागी उक्त प्रतियोगिता शनिवार सम्पन्न भएको हो।
शनिवार आयोजित प्रतिस्पर्धामा ब्याडमिन्टन डबल्स तथा चेस प्रतियोगिता सम्पन्न भएका थिए। कुल आठ समूहबीच प्रतिस्पर्धा भएको यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न खेलाडीहरूले उपाधि जितेका छन्।
महिला तर्फ:
पुरुष तर्फ:
महिला तर्फ:
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल तथा प्रमुख संचालन अधिकृत विकास ढुङ्गाना ले विजयी खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो।
पुरस्कार वितरण समारोहमा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल ले यस्ता प्रतियोगिताहरूले कर्मचारीहरूको शारीरिक तथा बौद्धिक विकासमा टेवा पु¥याउने तथा उनीहरूबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
कामना सेवा विकास बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप समेत आयोजना गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे