
काठमाडौँ १८ चैत – प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद अमरेशकुमार सिंहले विशेष अदालतबाट भ्रष्टाचार कसुरमा दोषी ठहर भइसकेका कांग्रेस सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध बोलेका छन् । उनले सर्वोच्चका न्यायाधीशमाथि छानबिन गर्नका लागि संसदीय समिति गठन गर्नुपर्ने माग सोत राखेका छन ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उजले यस्तो अभिव्यक्ति दिएका हुन् । सिंहले न्यायपरिषद्ले कमजोर न्यायाधीशले गल्ती गरेमा मात्रै कारबाही गर्ने तर बलियालाई नगर्ने हुँदा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन् । सांसद सिंहले न्याय विभिन्न किसिमले प्रभावित भइरहेको दाबी गर्दै न्याय प्रक्रिया र न्यायका आधारहरू पत्ता लगाउन समिति गठनको माग राखेका हुन्।
उनले भने , ‘न्याय प्रणाली पनि पहुँच अनुसार फरक–फरक छ। यसले देशलाई कहाँ लैजान्छ? निर्णय प्रक्रिया कानुनसम्वत, संविधानसम्वत हुनुपर्छ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे