• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १७, बुधबार
ट्रेन्डीङ्ग
काठमाडौंजनसंख्या मन्त्रालयCensus NepalNet zeroCope-26Development-Market-Economy-BankIPO FPO७ जनाको कोरोना
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

५२ मिनेट अघि
२

नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै

५९ मिनेट अघि
३

इन्द्रजात्रामा १७ वर्षीय सनिको चक्कु हानेर हत्या गर्नै २ युवतीसहित ४ जना पक्राउ

१ घण्टा अघि
४

सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थप

३ घण्टा अघि
५

सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल

३ घण्टा अघि
६

बझाङमा भूकम्पमा परी ५ जना घाइते, राजमार्ग अवरुद्ध

२१ घण्टा अघि
७

नेपालगञ्जमा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन

२३ घण्टा अघि
८

राष्ट्रपतिले गरेको कैद मिनाहाप्रति एमाले अध्यक्ष ओलीको बिरोध

१ दिन अघि
९

नेपालगञ्जमा कर्फ्यु जारी

१ दिन अघि
१०

चीनबाट फण्ड लिएको आरोप भारतीय पत्रकारहरुको घरमा प्रहरीको छापा

१ दिन अघि
११

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

१ दिन अघि
१२

आजको प्रतिनिधि सभाको बैठकमा एमाले अध्यक्ष ओली बोल्ने

१ दिन अघि

धेरै पढिएका

१

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

१ साल अघि
२

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

२ साल अघि
३

यथाशीघ्र मल उपलब्ध गराउन सभामुखको सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण

१ साल अघि
४

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

२ साल अघि
५

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

१ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

२ साल अघि
७

राष्ट्रिय प्रजातन्त्र पार्टीको ४४ जिल्लामा अधिवेशन सम्पन्न

२ साल अघि
८

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

१ साल अघि
९

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा काठमाडौंमा सम्पन्न

२ साल अघि
१०

भरतपुरमा रेणुको अग्रता

१ साल अघि
११

सयपत्री हाइड्रोपावर लिमिटेडको संचालकमा थापा निर्विरोध निर्वाचित

७ महिना अघि
१२

प्रदेशभर सार्वजनिक बिदा दिएर प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश सरकार

१ साल अघि
प्रकाशित मिति: २०७८ चैत्र ९, बुधबार (१ साल अघि)

स्थानीय तहको चुनावमा फेरि वामपन्थी एकता सम्भव छ ?

  • १०१ पटक पढिएको
  • काठमाडौं, ९ चैत । स्थानीय तहको निर्वाचन आउन ५२ दिन बाँकी रहँदा वामपन्थी दलहरुबीचको गठबन्धन वा एकताबारे बहस चर्किएको छ ।

    गत स्थानीय तह निर्वाचनमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको थियो । प्रतिनिधि सभा र प्रदेश सभा अघि एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन गर्दै चुनावमा लड्ने र पछि पार्टी एकता गर्ने निर्णयसँगै उक्त गठबन्धनले करिब दुई तिहाई सिटमा जीत हात पारेको थियो ।

    बढीमा एक वर्ष सरकार फेरिने अस्थिर राजनीतिक परिपाटीलाई व्यहोरीरहेका मतदाताले स्थीरताको कामनासहित वामपन्थी गठबन्धनलाई मत दिएका थिए ।

    पाँच वर्ष सरकार सञ्चालन हुने र देशमा स्थीरताका साथ विकास हुने नारा दिएर मत लिएको वाम गठबन्धनका दलहरुबीच एकता हुँदै शक्तिशाली कम्युनिस्ट पार्टी गठन भएको थियो ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गठनपछि पाँच वर्ष प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सत्ता बाहिर पुगेको थियो । तर, नेकपाका नेताहरुबीचको विवादका कारण कमजोर बनेको कांग्रेसको नेतृत्वमा सत्ता पुगेको छ । हतारमा वाम पार्टीबीच गरिएको एकतालाई सर्वोच्च अदालतले एकता पूर्वको अवस्थामा पुर्‍याइदिएको थियो ।

    तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालबीचको विवादले नेकपा विभाजनको संघारमा पुगेको बेला अदालतको फैसला आएको थियो ।

    नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा पुगे पनि संसदको ठूलो दल नेकपा एमाले रहेको थियो । तर, एमाले सग्लो रहन सकेन ।

    पार्टी भित्रको विवाद चर्किँदै जाँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि माधवकुमार नेपालहरु सक्रिय बने । त्यसबीचमा बलियो एमाले विभाजित बन्यो ।

    एक दशक भन्दा लामो समय नेकपा एमालेका शक्तिशाली महासचिव रहेका नेता नेपालले पार्टी विभाजन गर्दै एकीकृत समाजवादी नामक दल दर्ता गरे । जसलाई नेकपा एमालेले अहिले ‘अवैध’ पार्टी भनिरहेको छ । आफूहरुले कारबाही गरेको सूचना सभामुखले टाँस नगर्दा नेपालसहितका नेताले नयाँ दल दर्ता गरेको भन्दै एमाले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध उत्रियो ।

    फेरि एकताको चर्चा

    चुनाव नजिकिएसँगै फेरि वामपन्थी पार्टीहरुबीचको एकताबारे बहस सुरु भएको छ । सोमबार बसेको नेकपा एमालेको पोलिटव्यूरो बैठकमा नेताहरु घनश्याम भुसाल र रघु पन्तले वामपन्थी दलहरुबीच गठबन्धन र एकता गर्दै अघि बढ्नु पर्ने बताएपछि यो विषय चर्चामा रहेको छ । ठूलो वामपन्थी दल भएका कारण एमालेले गठबन्धन तथा एकताको पहलपदमी गर्नु पर्ने नेताहरुले बताइरहँदा अर्को वाम पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा समेत वाम गठबन्धन बनाउन दबाब रहेको समाचारहरु सार्वजनिक भएका छन् ।

    माओवादीका नेता हरिबोल गजुरेलले अध्यक्ष प्रचण्डमाथि वाम गठबन्धन बनाउन दबाब रहेको बताएका थिए ।

    उता नेकपा एमालेका नेताहरुले पनि वामपन्थी पार्टीबीचको एकताबारे बहसलाई तिब्रता दिएका छन् । स्थायी कमिटी सदस्य घनश्याम भुसालले मंगलबार पत्रकारसम्मेलन नै गरेर वामपार्टीहरुबीचको एकता आवश्यक रहेको बताएका थिए ।

    एमाले, माओवादी र एकीकृत समाजवादीबीच एकताको आधार तयार पार्नुपर्ने उनले बताएका छन् । हालका लागि चुनावी गठबन्धनको वातावरण बनाउने र भविष्यमा वामपन्थी दलहरूबीच एकतामा जानुपर्ने उनको भनाइ छ । उनले वैचारिक र सैद्धान्तिक रूपमा एमाले, माओवादी र एकीकृत समाजवादीमा कुनै भिन्नता नभएको भन्दै एकै खालका तीनवटा पार्टी आवश्यक नभएको बताए ।

    गत निर्वाचनलाई आधार मान्दा वामपन्थी दलहरुको मत राम्रो रहेको देख्न सकिन्छ । वामपन्थी दलहरुबीचको विभाजनको फाइदा कांग्रेसलाई पुग्ने निश्चय नै छ । त्यसैले पनि वामपार्टीहरु गठबन्धन गरेर चुनावमा जाँदा फाइदा पुग्ने भुसालको तर्क छ । तर नेताहरूका स्वार्थमा आधारित एकता नटिक्ने इतिहासले देखाएको उनको तर्क छ ।

    कम्युनिस्ट आन्दोलन विभाजित भएको अवस्थामा मात्रै आफ्नो हैसियत देख्ने मानिसहरू वामपन्थी दलहरूबीचको एकताको विरोधमा लागिरहेको पनि भूसालको भनाइ थियो । इमानदार कार्यकर्ताहरूले एकताको तितो अनुभवबाट बिच्किएर विरोध गरेको र उनीहरूलाई प्रशिक्षित गरेपछि त्यो विरोध भने साम्य हुने उनको तर्क थियो ।

    सम्भव छ?

    वामपन्थी दलहरुबीचको एकताबारे बहस भए पनि यसको सम्भावना तत्काल नदेखिएको एमालेकै नेताहरुको भनाइ छ । भुसालले वामपन्थी दलहरुबीचको गठबन्धन र एकताका लागि एमाले ठूलो दल भएको हैसियतमा अग्रसरता लिनु पर्ने बताइरहँदा उनकै दलका अध्यक्ष केपी शर्मा ओलीले भने त्यसलाई अस्वीकार गरिदिएका छन् ।

    सोमबारको पोलिटब्यूरो बैठकमा ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी लगातका दल वामपन्थी नभएको बताउँदै आसन्न चुनावमा ती दलहरुसँग गठबन्धन हुन नसक्ने बताए । पार्टी अध्यक्षले यसो भनिरहँदा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी तालमेल वा एकताको विषय अघि बढ्ने सम्भावना न्यून देखिएको छ । राजनीतिक मुद्दा, विचारमा विवाद भएर तत्कालीन नेकपा विभाजित भएको थिएन । नेताहरुको सत्ता स्वार्थका कारण विभाजन भएका कारण तत्काल त्यो ‘इगो’ समाप्त हुने सम्भावना न्यून देखिएको छ । तर, राजनीतिमा असम्भव भन्ने हुँदैन भनेजस्तै घटना क्रम फरक ढंगले विकास हुन सक्ने सम्भावनालाई भने नकार्न सकिँदैन ।

    माओवादी नेता गजुरेलले एमालेसँग गठबन्धन गर्ने विषयमा आधारहरू नदेखिएको बताएका छन् । सत्ता गठबन्धन प्रतिगमनलाई रोक्न बनेको र त्यसको खतरा अझै नटरेकाले एमालेसँगको गठबन्धनको आधार नरहेको उनकी भनाइ छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि एमालेसँगको गठबन्धनलाई भन्दा कांग्रेससँगको वर्तमान गठबन्धनलाई चुनावसँग लैजान बढी जोड गरिरहेका छन् ।

    ओलीसँगको टकरावका कारण अहिलेको अवस्था आएको भन्दै ती दलले एमालेको सूर्यमा ‘ग्रहण’ लगाइदिने उद्घोष गरिरहेका छन् । नेताहरुबीचको कटुताका कारण पनि नजिकएको स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने कुरामा नेता कार्यकर्ताले विश्वास गरिरहेका छैनन् ।

    कांग्रेसको चिन्ता

    उता कांग्रेसलाई भने वामपन्थी दलहरुबीच चुनावी गठबन्धन बन्ने त होइन भन्ने त्रासमा रहेको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटहरुलाई वामपन्थीहरु मिल्न सक्ने भन्दै चुनावमा अहिले गठबन्धनलाई निरन्तरता दिनु पर्ने बताइरहेका छन् ।

    चुनावमा कांग्रेस गठबन्धन नगरि जानुपर्छ भन्दै लबिङ गरिरहेका शेखर कोइरालाले समेत वाम दलहरू फेरि मिल्न सक्ने चिन्ता कांग्रेसलाई भएको बताएका छन् ।

    मंगलबार उनले विराटनगर पुगेर नेता कार्यकर्ताहरुको मत गठबन्धन गरेर चुनावमा जान हुँदैन भन्ने रहेको भए पनि २०७४ सालमा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता रहेको बताए । पछिल्लो समयमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने पबताइरहेका नेता कोइरालाले कांग्रेस एक्लै अघि बढ्दा वामपन्थीहरू फेरि मिल्न सक्ने जोखिम औंल्याए । तर, ओलीको अरु वामपन्थी पार्टीसँग गठबन्धन नहुने अभिव्यक्तिले भने कांग्रेसलाई राहत भएको छ । तर, कांग्रेस पूर्ण रुपमा विश्वस्त हुन सकेको छैन ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
    ५२ मिनेट अघि

  • २

    नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै
    ५९ मिनेट अघि

  • ३

    इन्द्रजात्रामा १७ वर्षीय सनिको चक्कु हानेर हत्या गर्नै २ युवतीसहित ४ जना पक्राउ
    १ घण्टा अघि

  • ४

    सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थप
    ३ घण्टा अघि

  • ५

    सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल
    ३ घण्टा अघि

  • ६

    बझाङमा भूकम्पमा परी ५ जना घाइते, राजमार्ग अवरुद्ध
    २१ घण्टा अघि

  • ७

    नेपालगञ्जमा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन
    २३ घण्टा अघि

  • ८

    राष्ट्रपतिले गरेको कैद मिनाहाप्रति एमाले अध्यक्ष ओलीको बिरोध
    १ दिन अघि

  • ९

    नेपालगञ्जमा कर्फ्यु जारी
    १ दिन अघि

  • १०

    चीनबाट फण्ड लिएको आरोप भारतीय पत्रकारहरुको घरमा प्रहरीको छापा
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

    नेपाल नक्सा
    २

    विमल घर्तीमगर पनि विदेश पलायन

    नेपाल नक्सा
    ३

    नेपालगञ्जमा कर्फ्यु जारी

    नेपाल नक्सा
    ४

    भारतसँग नेपाल २३ रनले पराजित

    नेपाल नक्सा
    ५

    काठमाडौँ उपत्यकामा भोलि सार्वजनिक विदा

    नेपाल नक्सा
    ६

    मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepal Naksa मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution