
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका विवेक मण्डलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। आत्मदाहको प्रयासपछि उपचाररत रहेका मण्डलको मंगलबार बिहान उपचारकै क्रममा निधन भएको हो।
सभापति थापाले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै विवेक मण्डलको निधनको खबरले आफू निकै दुःखी भएको बताउनुभएको छ। उहाँले दिवंगत मण्डलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ। साथै, यो कठिन समयमा परिवारलाई धैर्य र शक्ति मिलोस् भन्ने कामना पनि गर्नुभएको छ।
थापाले आफू शोकसन्तप्त परिवारको साथमा रहेको उल्लेख गर्दै विवेक मण्डलका सन्तानको शिक्षा–दीक्षामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता परिवारलाई जानकारी गराइसकेको पनि बताउनुभएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे