
काठमाडौं, १६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमाले भेटिदैन भन्नेहरु अहिले वेपत्ता रहेको भन्दै व्यंग्य गरेका छन् ।
काठमाडौंमा बुधबार एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उनले देवासुर संग्राममा देवीहरु मैदानमा उत्रिएजस्तै एमालेका तर्फबाट महिलाहरु मैदानमा उत्रिएर पार्टीलाई जोगाएको बताए । भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजारको सहभागिता छ । उनले अहिलेको व्यवस्था परिवर्तन भए तापनि अवस्था जहाँको तहीँ छ भन्ने गलत भाष्य निर्माण भइरहेको बताए । विगतमा भएका संघर्ष, लडाइँलाई अहिलेको पुस्ताले मूल्यांकन गर्न नसकेको उनको जिकिर छ ।
उनले भने, ‘अहिले अवस्था जहाँको तहीँ छ भन्ने होइन । एउटा गलत शब्दावलीको प्रयोग भइराखेको छ अहिले नेपालमा व्यवस्था परिवर्तन भयो, अवस्था जहाँको तहीँ छ भन्ने । भर्खर आएको केटाकेटीले के देख्नु के, अवस्था कहाँ थियो, कहाँबाट कहाँ आइपुगियो भनेर रु कति संघर्ष गरेर, कति लडाइँ गरेर कुन अवस्था पार गरेर यहाँसम्म कुन बलिदान दिएर यहाँ आइएको छ, अवस्था उस्ता उस्तै रे । कहाँ छ उस्ता उस्तै छ रु महिलाको उपस्थिति संसदमा ३३ प्रतिशत छ ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे