
काठमाडौँ, २३ चैत । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत प्राप्त सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको छ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका छन् ।
शुक्रबार ४४ सांसदको हस्ताक्षरसहित महराले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन्। एमालेका २९, माओवादीका १०, जसपाका तीन, एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको छ ।
मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामापछि प्रदेश प्रमुख शेरचनले तीन दिन भित्र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार बनाउन आह्वान गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे