
काठमाडौं , १३ वैशाख। इलाम–२ को उपनिर्वाचनका लागि वैशाख १५ गते शनिबारका दिन इलाम जिल्लाभरका यातायात बन्द हुने भएको छ । बिहीबार बसेको सर्वदलीय बैठकले मतदानका दिन मेची राजमार्गसहित जिल्ला भरिनै बिहान ५ देखि बेलुका ६ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको छ ।
मतदानका दिनलाई छिमेकी जिल्लाहरु झापा, पाँचथर, ताप्लेजुङ्ग र मोरङलगायत सबै जिल्लालाई जानकारी गराइएको र सबै जिल्ला जोडिने नाका पनि बन्द हुने प्रजिअ यादवले जानकारी दिए । एक सय ४९ मतदान केन्द्रमा खटिने अधिकृत र सहायक अधिकृत गरी तीन सय सात जनालाई सक्रिय रहेको यादवले जानकारी दिए ।
सञ्चारकर्मीका लागि भने सञ्चार संस्थाको सिफारिसका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सवारी पास उपलब्ध गराइने भएको छ । बैठकमा मतदानका दिन हिँड्डल गर्न नसक्ने, गर्भवती महिला , किरियापुत्री, शारीरिक रुपमा अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई मतदान केन्द्रसम्म आउन र फर्कन सर्वपक्षीय र सर्वदलीय सहमातिमा मतदान अधिकृतबाट सवारी अनुमति पत्र उपलब्ध गराउने निर्णय भएको छ ।
इलाम २ मा ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्र रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे