
काठमाडौँ , फागुन २१। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पार्टीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन कोसिस गरेको भन्दै प्रतिनिधि सभामार्फत् सरकारलाई घेरेका छन् । घिसिङलाई कार्यसम्पादन मूल्यांकनका नाममा ऊर्जामन्त्री दीपक खड्काले शून्य अंक दिएको विषयमा उनले संसद्मा उठाउँदै सरकारको आलोचना गरेका हुन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मनिष झाले पनि यो विषय संसद्मा उठाएर सरकारलाई घेरेका छन् । उनले एउटा कुलमानलाई राज्यले यसरी लखेटे हजारौँ कुलमान लिएर आउने चेतावनी दिए । उनले भने, ‘राज्यले राम्रो काम गर्ने मान्छेलाई लखेटिरहेको छ । यस्तै हो भने हामी हजारौँ कुलमान लिएर आउँछौँ ।’
उनले भने, कम्पनीलाई फाइदामा पुर्याउने कुलमान घिसिङ जस्तो मान्छेलाई हामी शून्यमा मूल्याङ्कन गर्छौं। उनलाई विभिन्न बाहानमा आफ्नो कार्यकर्ता भर्ती गर्न पाएनौँ भनेर निष्कासनको बहाना गरिरहेका छौँ। हामी खबरदार भन्छौँ। एउटा कुलमानलाई लखेट्यौ भने हजारौँ कुलमा ल्याउँछौँ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे