
काठमाडौं,असार ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेभित्रको समस्या पनि आफैले समाधान गर्ने गरेको दाबी गरेका छन्। शुक्रबार माओवादी केन्द्रनिकट नेपाल बुद्धिजिवी सङ्गठनको छैठौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले कहिलेकाहीँ कांग्रेस र एमालेको पनि पार्टीभित्रको समस्या समाधान गरिदिनुपरेको बताएका हुन्। उनले भने , ‘कहिलेकाहीँ नेपाली कांग्रेसलाई, कहिलेकाहीँ एमालेलाई पनि संयोजन गर्ने, उहाँहरू भित्रको समस्या पनि मैले नै समाधान गरिदिनपर्या जस्तो गरी मैले काम गर्न परिराखेकै छ। गरि पनि रहेको छु,’ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरू देश र जनताप्रति उत्तरदायी नभएको बताएका छन् ।
उनले भने, ‘सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो । जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन, रहँदैन । इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ । बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नु पदैन ।’
नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै संसारभर जनतालाई कता डोहोर्याउने भन्ने सवालमा बुद्धिजीवीहरूको भूमिका निर्णायक हुने बताए ।
उनले भने, ‘क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान रहेको छ । हिजो विचार निर्माण र सङ्गठन निर्माणमा बुद्धिजीवीहरूको सक्रियता थियो, आज पनि उत्तीकै छ ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे