
काठमाडौँ, भदौ ११ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि डा मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले सहकारी प्रकरणमा भ्रम छर्दै हिँडेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै ढकालले पूर्व गृह मन्त्रीसमेत भइसकेको मान्छेले त्यसरी भ्रम छर्दै हिँड्न शोभा नदिने बताएका हुन्। उनले रवि लामिछाने क्लवबाट निस्कासित भएको तर राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई नभएको बताएका छन । उनले रास्वपा सभापछि रवि लामिछानेलाई नैतिक रूपले पतित पात्र भएको भन्दै सहकारी प्रकरणका सवालमा आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडेको आरोप लगाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले डा। मुकुल ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने निर्णय गरेको छ। रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो । पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पदबाट हटाएको थियो । उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो । तर त्यसबिचमा पनि ढकालले ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे