
काठमाडौँ, जेठ २५ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी रास्वपा सांसद सुमना श्रेष्ठलाई लक्षित गरी दिएको अभिव्यक्ति अनावश्यक ढंगले शिक्षा मन्त्री श्रेष्ठसँग जोडिएको बताएका छन् ।
उनले शिक्षा मन्त्रीको विषयमा आफुले कुनै टिप्पणी नगरेको र आफुले राखेको धारणा कसैसङ मेल खाएको हुन सक्ने बताए । भरतपुर विमानस्थलमा शुक्रबार सन्चारकर्मी सङ्ग कुरा गर्दै ओलीले सो कुरा बताएका हुन ।
अध्यक्ष ओलीले भने , ‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ,’ । यस बिषयमा रास्वपा सांसद शिशिर खनालले प्रतिनिधि सभा बैठकमै कुरा उठाएका थिए । एमाले चितवनको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमका लागि अध्यक्ष ओली चितवन गएका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे