
काठमाडौँ , १४ चैत । प्रतिनिधि सभाको बैठकको समय परिवर्तन भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् । त्यसबारे सभामुख देवराज घिमिरेले विपक्षी दलहरूसँग परामर्श गरेका छन् । यद्यपि सहमति जुट्न नसक्दा सूचना टाँस गरेर बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।
सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएछि प्रतिपक्षी दलहरुले विरोध गरेपछि बुधबारबाटै संसद् चल्न सकेको छैन ।
बुधबार पनि बिहान ११ बजेका लागि बोलाइएको बैठकमा दलहरुले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो । तर समयमा सुरु हुन नसकेपछि अपराह्न तीन बजेका लागि सारिएको बैठकमा प्रतिपक्षी दलले पुनः अवरोध गरेपछि बिहीबार ११ बजेसम्मका लागि स्थगित भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे