
काठमाडौँ । गृहमन्त्री रमेश लेखक राजावादी आन्दोलनले क्षति पुर्याएको तीनकुने (कोटेश्वर) क्षेत्रको अनुगमन गर्ने भएका छन्। मन्त्री लेखक बिहान ९ बजे उक्त क्षेत्रको अनुगमनका लागि जाने छन्, भन्ने जानकारी उनका सचिवालयले दिएको छ। शुक्रबारको राजतन्त्र समर्थक आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ।
हिंसात्मक आन्दोलनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने आन्दोलनकारीहरूले तीनकुने र आसपासका क्षेत्रका कयौं घरहरू तोडफोड गरेका छन्। केही मलहरूमा लुटपाट र सरकारी तथा निजी गाडीहरूमा तोडफोड र आगजनी पनि भएको छ। जडीबुढी कम्पनीमा पनि आगो लगाइएछ। यस क्षेत्रमा आज बिहान ७ बजेसम्म कर्फ्यु लगाइएको थियो, जसलाई अहिले स्थगित गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे