
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।
बुधबार बिहान गृहमन्त्रालयमा प्रहरी प्रमुख बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
उनले मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीमाथि कुटपिट र दुर्व्यवहार भइरहेका घटनाहरू सार्वजनिक भइरहेको भन्दै शान्ति सुरक्षा कायम गर्न प्रहरीले थप सक्रिय हुनुपर्नेमा जोड दिए।
“घटनामा संलग्न जोसुकै भए पनि कानुनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिएको छु,” मन्त्री लेखकले भने, “समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्छ।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे