
काठमाडौँ , जेठ ३१ । काठमाडौं महानगरपालिकालाई उच्च अदालत पाटनले असार ७ गतेसम्म सामुदायिक विद्यालयको सटर बन्द नगर्न आदेश गरेको छ । न्यायाधीश लेखनाथ पौडेलको इजलासले ७ असारसम्मका लागि सामूदायिक विद्यालयहरुको सटरहरु बन्द नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । तुलसीप्रसाद अगस्तीले मंगलबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।
काठमाडौं महानगरले विद्यालयले भाडामा लगाएका सटरहरूमा ताला लगाउँदै आएको छ। काठमाडौं महानगरपालिकाको शिक्षा विभागले २७ वटा सामुदायिक विद्यालयहरूका तीन सय ४० वटा सटरमा ताला लगाएको छ। शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरेको भन्द काठमाडौँ महानगरले सटरहरूमा ताला लगाउन थालेका हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे