
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा ५२ जनाको नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाइ हुने बताइएको छ।
सर्वोच्च अदालतको पूर्ण इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको उपस्थिति रहनेछ।
२०७७ मंसिर ३० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग र निर्वाचन आयोगलगायत संवैधानिक निकायमा पदाधिकारी सिफारिस गरेका थिए। सिफारिसहरू पुस ५ गते प्रतिनिधि सभा विघटनपछि मात्र सार्वजनिक गरिएको थियो।
यस नियुक्ति प्रक्रियाविरुद्ध १५ वटा रिट दायर गरिएको थियो, जसमा नियुक्तिको वैधता र प्रक्रियामा प्रश्न उठाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे