
काठमाडौँ ,११ पुस | नायक पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ आज हुँदैछ । पाँचौँ पटक स्थगित भएको शाहमाथि मुद्दाको सुनुवाइ आइतबार तनहुँ जिल्ला अदालतमा हुन लागेको छ ।
नवलपुर अदालतले गत भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहार अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको थियो ।गत फागुन ११ गते बालिकाले शाहले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी गरेकी थिइन् ।
शाहले नवलपुर अदालतको निर्णयविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे