• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १५, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

यसै वर्ष बंगलादेश फर्किने शेख हसीनाको घोषणा

२ मिनेट अघि
२

आज राष्ट्रिय धान दिवस मनाइँदै, वर्षा नहुँदा रोपाइँ सुस्त

१९ मिनेट अघि
३

असार १५ मा किन खाइन्छ दहीचिउरा ? संस्कृति, स्वास्थ्य र कृषिसँग जोडिएको परम्परा

२३ मिनेट अघि
४

लेखापरीक्षण र जनशक्ति व्यवस्थापनमा सरकारी संस्थानको बेथिति, मन्त्रालयलाई सुधारको सुझाव

६ घण्टा अघि
५

मेटलाइफको विशेष योजना : व्यतीत बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्बशुल्कमा १००% सम्म छुट

२१ घण्टा अघि
६

सरकारी लापरबाहीमा, सरकारलाई पनि आर्थिक दण्डको व्यवस्था गर्न संसदमा शाहीको माग

२२ घण्टा अघि
७

मेस्सीले रचे अर्को इतिहास, विश्वकपमा नयाँ कीर्तिमान

२३ घण्टा अघि
८

विश्वकप २०२६ को नकआउट समिकरण पूरा, ३२ टोलीबीच उपाधि दौड सुरु

१ दिन अघि
९

२६ वर्षदेखि चितवन निकुञ्ज अतिक्रमण, पर्यटकीय पूर्वाधार अभावले पर्यापर्यटन सुस्त

१ दिन अघि
१०

परिपक्व बीमालेखको अर्बौं रुपैयाँ कम्पनीमै रोकियो,प्राधिकरण मौन

२ दिन अघि
११

रञ्जु दर्शनाको समर्थन विपिन आचार्यलाई

२ दिन अघि
१२

रास्वपा महामन्त्री दौडमा विपीन आचार्यलाई समर्थन गर्दै पाँच आकांक्षी प्रतिस्पर्धाबाट बाहिर

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० आश्विन २०, शनिबार (२ साल अघि)

स्वस्थ आलोचना र प्रश्न गर्न पाउनु संसदीय व्यवस्थाको सुन्दर पक्ष हो : सांसद न्यौपाने

  • 3,821 Views
  • काठमाडौँ ।  विसं २०६४ र २०७० मा संविधानसभा सदस्य रहेकी ईश्वरीदेवी न्यौपाने अहिले प्रतिनिधिसभा सदस्य छन् । सांसद न्यौपानेलाई संसदीय सर्वोच्चता र मर्यादा कायम राख्दै पक्ष–विपक्षमा हुने आलोचना र गरिने प्रश्न लोकतन्त्रको सुन्दर पक्ष लाग्छ । संसद् अवरोध गरेर विरोध जनाउने शैली भने उनलाई कहिल्यै चित्त बुझेन । यो खराब परम्परा तोडिनुपर्ने उनको मत छ ।

    “संसदमा सत्तापक्ष र प्रतिपक्षबीच चल्ने आरोप–प्रत्यारोपलाई लोकतन्त्रको सुन्दर पक्ष मान्नुपर्छ । गल्ती भएको ठाउँमा सच्याउन लगाउने वा त्यो भएन भन्न पाइन्छ”, उनले भनिन्, “कुनै सांसदले आवाज उठाउनु भनेको सरकार सच्चिने अवसर पनि हो । यसकारण पनि संसदमा आवाज उठाउन जरुरी छ ।”

    नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदमा कुरा उठाउँदा संसद् बाहिर पनि दबाब खेप्नुपरेको अनुभव उनले सुनाइन् । “नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका दुई पूर्वगृहमन्त्रीका सन्दर्भमा निर्दोष फस्न नहुने र दोषी बच्न नहुनेबारे संसदमा बोलेको विषयमा अर्को एकजना सांसदले मलाई किन यसो बोलेको भनेर संसदले बाहिर भन्नुभयो”, उनले भनिन् , “जायज प्रश्न गर्न पाउनुपर्छ । गलत गरेको विषयमा बोल्नका लागि नै संसद् हो ।”

    कुनै प्रश्न गर्दा र आफ्ना कुरा राख्दा संसदीय मर्यादालाई भने ख्याल गर्नुपर्ने न्यौपानेको बुझाइ छ । कसैको मानमर्दन गर्ने वा आक्षेप लगाउने नभई जायज प्रश्न गर्नका लागि संसदमा कुनै रोकतोकको गुञ्जायस देखिन नहुने उनले बताइन् । संसदीय सर्वोच्चताको प्रतिकूल हुने खालका कार्यशैलीले विद्यमान व्यवस्थालाई कमजोर बनाउने उनको धारणा छ ।

    “संसदीय मर्यादाभित्र बसेर आफ्ना कुरा राख्ने एउटा पक्ष हो । तर राम्रो प्रश्न उठाउँदा पनि त्यसलाई रेकर्डबाट हटाउनुपर्ने भनेर विरोध भएका उदाहरण छन्”, उनी भन्छन्, “यो वा त्यो बहानामा संसद् बन्धक बनाउने र अहिलेको व्यवस्थामाथि ‘कु’ गर्ने षड्यन्त्रबारे हामी सबै सचेत हुनुपर्छ ।”

    के एक जिम्मेवार सांसदका रुपमा आफूले गरेका काम र संसद्को प्रभावकारिताप्रति तपाईं सन्तुष्ट हुनुहुन्छ त ? भन्ने प्रश्नमा सांसद न्यौपानेले भनिन्, “सन्तुष्ट छैन ।” उनका शब्दमा गत वर्ष मङ्सिरमा सम्पन्न निर्वाचनपछि चुनिएर संसद् छिरेको करिब एक वर्ष हुन लाग्यो । यसबीचमा निर्माण भएका कानुनको सङ्ख्या हेर्दा मात्रै पनि संसद्को प्रभावकारितामाथि प्रश्न उठाउने प्रशस्त ठाउँ छ । संसद्ले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको वर्तमान स्थितिको भागीदार हर एक सांसद रहेको न्यौपाने स्वीकार्नुहुन्छ ।

    “एउटा सांसदको हिसाबले यसमा म आफूलाई पनि जिम्मेवार ठान्दछु । एउटा औँला अरुतर्फ देखाउँदै गर्दा बाँकी औँला आफैँतिर फर्केका हुन्छन् भन्ने बुझ्नु जरुरी छ”, उनी भन्छन्, “जे जिम्मेवारी बोकेर आएका छौँ, त्यो पूरा गर्नु पहिलो दायित्व हो । संसद् अवरुद्ध हुनुहुँदैन भनेर हामीले पटक–पटक कुरा उठाएका छौँ ।”

    संसद् जनताका कुरा राख्ने ठाउँ हो । चित्त बुझेका र नबुझेका सबै कुरा संसदमै आउनुपर्छ । राजनीतिक दलहरुले प्रतिपक्षमा रहँदा सधैँ विरोध र सत्तापक्षमा रहँदा सधैँ प्रतिरक्षाको शैली देखाउन नहुने सांसद न्यौपानेले बताइन् ।

    “राम्रो काम भएको छ भने त त्यसलाई समर्थन गर्नुपर्छ । सत्ता पक्षले गरेका कामलाई प्रतिपक्षले विरोध गर्नैपर्छ भन्ने मानसिकता गलत हो । विरोध गर्न पाउनुपर्छ, तर संसद् नै बन्द गरेर विरोध गर्नु राम्रो होइन”, उनी भन्छन्, “नेपाली कांग्रेस प्रतिपक्षमा हुँदा सरकारले ल्याएको नीति तथा कार्यक्रममा मौन समर्थन गरेको उदाहरण पनि छन् ।”

    विधायकको मुख्य भूमिका कानुन निर्माण हो । नेपालमा लामो समयको संसदीय अभ्यास बितिसक्दा पनि विधायक कानुन निर्माणमा कर्मकाण्डी हुने र विकास निर्माणका काम गर्दा ठेकेदार शैलीमा योजना बोकेर बस्ने प्रवृत्ति रहेको भन्दै आलोचना हुने गरेको छ । विधायिकी भूमिका निभाउनेभन्दा पनि सांसदले योजना बोकेर हिँड्नुपर्ने अवस्थालाई पुरानै प्रवृत्तिको निरन्तरता र तोकिएको संरचनाको असफलताको उपजका रुपमा न्यौपाने लिन्छन् ।

    “जनताका अपेक्षा पूरा गर्नका लागि प्रणाली छ । तर त्यो प्रणालीअनुसार काम गर्न नसकेकाले सांसद प्रत्यक्ष रुपमा त्यसमा सहभागी हुनुपरेको हो”, उनी भन्छन्, “स–साना काम पनि सांसदले गरिदिउन् भन्ने अपेक्षा जनताले राख्छन् । धेरै अधिकार स्थानीय तहमै गएको भए पनि सांसदसँगै अपेक्षा हुन्छ । अर्को भनेको निर्वाचनका बेला पनि धेरै आशा देखाइएको हुन्छ । नागरिकका सबै अपेक्षा पूरा हुन नसके पनि केही अपेक्षा त पूरा गर्नैपर्यो ।”

    बाटो, धारा, नहरजस्ता ससाना विकास पूर्वाधार पनि सांसदले बनाइदिउन् भन्ने बुझाइ नागरिक तहको रहेको उनले बताइन् । सङ्घीयता कार्यान्वयनपछि सानो रकमका आयोजना स्थानीय तहबाटै कार्यान्वयन हुन्छन् । प्रकृतिअनुसार विकास योजना स्थानीय तह हुँदै प्रदेश र केन्द्रसम्म माग भई आउँछन् । कतिपय योजना स्थानीय तह र प्रदेश आफैँले पनि अघि बढाइरहेका हुन्छन् । तर सानो रकमका आयोजनामा पनि केन्द्र सरकारबाट बजेट जाने प्रवृत्ति रोकिन सकेको छैन ।

    “रु पाँच लाखसम्मका साना योजनाका लागि पनि सङ्घबाट बजेट छुट्याइएको छ । सङ्घले साना आयोजनामा बजेट हाल्ने होइन । यो हाम्रो प्रणालीमा देखिएको समस्या हो”, उनले भनिन् ।

    चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याएपछि त्यसको पक्ष र विपक्षमा संसद् विभाजित भयो । अदालतको आदेशपछि यो कार्यक्रम अघि बढ्न सकेको छैन । तर नागरिकका विकास आकांक्षा पूर्ति गर्नका लागि समावेशी विकासको अवधारणा कार्यान्वयनका लागि यो आवश्यक रहेको सांसद न्यौपानेको बुझाइ छ ।

    “जनताले सांसदसँग अपेक्षा गरेका हुन्छन् । सांसदले पनि चुनावका बेला वचन दिएका हुन्छन् । घोषणापत्र मात्र हेरेर त भोट हाल्दैनन् । त्यो अपेक्षा पूरा गर्नका लागि पनि यो कार्यक्रम आवश्यक देखेर सरकारले ल्याएको हो”, उनले भनिन्, “सांसदले चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्न प्रदेशलाई गुहार्ने वा मन्त्रालयलमा धाउने भन्ने मूल प्रश्न हो ।”

    नागरिकका विकास आकांक्षा पूर्ति गर्नका लागि यो आवश्यक भए पनि दुरुपयोग हुन सक्नेबारे पनि सचेत रहनुपर्ने उनले बताइन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याइएपछि सांसदकै मनोबल घट्ने र हतोत्साही हुने गरी आएका प्रतिक्रियाको सामना गर्नुपरेको न्यौपानेको भनाइ छ ।

    “यो कार्यक्रमका योजनामा पनि बोलपत्र प्रक्रिया हुन्छ । लेखापरीक्षणलगायतका काम प्रणालीले नै गर्छ । जे कुरामा पनि आलोचना र नकारात्मकता बढी छ”, उनले भनिन्, “राम्रो कामको प्रचारप्रसार हुँदैन । सामाजिक सञ्जालमा नकारात्मकता मात्रै धेरै हावी भएको देखिन्छ । हामी सबै सच्चिन जरुरी छ ।”

    नेपाल महिला सङ्घको केन्द्रीय समिति उपाध्यक्ष हुँदै नेपाली कांग्रेसको केन्द्रीय समितिमा तीन पटक निर्वाचित भएकी न्यौपानेलाई पहिलो संविधानसभामा महिलामाथि हुने प्रहारको अहिले पनि सम्झना हुन्छ ।

    “संविधानसभामा महिलामाथि भएका टिप्पणी अहिले पनि मनमा बिझाउँछन् । कतिपय विद्वान् भनिएका र राम्रो शैक्षिक योग्यता भएका सांसदभन्दा गाउँघरमा घाँस काटेर, मेलापात गरेर आएका सांसदले संसदमा दर्बिलो उपस्थिति देखाउनुभएको छ”, उनले भनिन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    यसै वर्ष बंगलादेश फर्किने शेख हसीनाको घोषणा
    २ मिनेट अघि

  • २

    आज राष्ट्रिय धान दिवस मनाइँदै, वर्षा नहुँदा रोपाइँ सुस्त
    १९ मिनेट अघि

  • ३

    असार १५ मा किन खाइन्छ दहीचिउरा ? संस्कृति, स्वास्थ्य र कृषिसँग जोडिएको परम्परा
    २३ मिनेट अघि

  • ४

    लेखापरीक्षण र जनशक्ति व्यवस्थापनमा सरकारी संस्थानको बेथिति, मन्त्रालयलाई सुधारको सुझाव
    ६ घण्टा अघि

  • ५

    मेटलाइफको विशेष योजना : व्यतीत बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्बशुल्कमा १००% सम्म छुट
    २१ घण्टा अघि

  • ६

    सरकारी लापरबाहीमा, सरकारलाई पनि आर्थिक दण्डको व्यवस्था गर्न संसदमा शाहीको माग
    २२ घण्टा अघि

  • ७

    मेस्सीले रचे अर्को इतिहास, विश्वकपमा नयाँ कीर्तिमान
    २३ घण्टा अघि

  • ८

    विश्वकप २०२६ को नकआउट समिकरण पूरा, ३२ टोलीबीच उपाधि दौड सुरु
    १ दिन अघि

  • ९

    २६ वर्षदेखि चितवन निकुञ्ज अतिक्रमण, पर्यटकीय पूर्वाधार अभावले पर्यापर्यटन सुस्त
    १ दिन अघि

  • १०

    परिपक्व बीमालेखको अर्बौं रुपैयाँ कम्पनीमै रोकियो,प्राधिकरण मौन
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

    नेपाल नक्सा
    ३

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

    नेपाल नक्सा
    ४

    रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

    नेपाल नक्सा
    ५

    उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य

    नेपाल नक्सा
    ६

    विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution