
काठमाडौँ, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाएको छ । बुधबार बिहान सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उक्त प्रतिवेदन बुझाएको हो ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादित विषयलाई हल खोज्न गठन गरिएको कार्यदलले बुधबार सिंहदरबारमा तीन दलका शीर्ष नेतालाई प्रतिवेदन बुझाएको हो।प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु लाई हस्तान्तरण गरिएको छ। कार्यदलले गत बिहीबार सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलहरुबिच सहमति जुटाइसकेको छ ।
कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा ९एमाले० का मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा रहेका थिए। एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन यो सहमति टर्निङ प्वाइन्ट भएको बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे